Logo
१३ बैशाख २०८१, बिहीबार
(June 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवीमा विपन्न तथा जेहन्दार बिद्यार्थीहरुलाइ छात्रवृति

सुनसरी/सुनसरीको दुहवी ७ स्थित रहेको श्री भलुवा आधारभुत विद्यालय फर्साही र श्री आधारभुत विद्यालय भलुवामा पठन पाठन गर्ने बिद्यार्थीहरु तथा वाल विकास केन्द्रका विपन्न तथा जेहन्दार बिद्यार्थीहरुलाइ छात्रवृति
स्वरुप ब्याग तथा शैक्षिक सामाग्री बितरण गरिएको छ ।
वुधवार विद्यालय भवन भित्र एक कार्यक्रमकाविच २०० छात्र छात्रा तथा वाल विकास केन्द्रका बालवालिकाहरुलाई १ लाख मूल्य बराबरको शैक्षिक सामाग्री बितरण गरिएको हो । कार्यक्रममा दुहवी वडा नम्वर ७ का वडाअध्यक्ष एवं दुहवी नगरपालिकाका प्रवक्ता बिजय चौधरी र श्री भलुवा आधारभुत विद्यालय फर्साहीका प्रधान अध्यापक रमेश कुमार चौधरीलेशैक्षिक सामाग्री बितरण गर्नु भएको थियो ।
दुहवी नगरपालिकाका प्रवक्ता बिजय चौधरीले विपन्न तथा जेहन्दार बिद्यार्थीहरुलाइ उच्च शिक्षाकालागि सक्दो सहयोग जुटाउँने समेत बताउँनु भयो । दुहवी वडा नम्वर ७ को सहयोगमा भएको छात्रवृति कार्यक्रमको आयोजना विकासकालागि यूवा महिला संस्था(गड) नेपालले गरेको थियो । आयोजक संस्थाका कार्यकारी निर्देशक दिपक पासवान र संस्थाका केन्द्र अध्यक्ष भावना ऋषिदेव ले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति: Jun 19, 2019

प्रतिक्रिया दिनुहोस्