Logo
११ बैशाख २०८१, मंगलबार
(June 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सुमेरु अस्पतालमा छुट

काठमाडौं : ग्लोबल आइएमई बैंकका ग्राहक र कर्मचारीहरूले सुमेरु अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बुधबार ग्लोबल आइएमई बैंक र सुमेरु अस्पताल प्रालिबीच विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको कार्ड बिक्री तथा बजार प्रवर्द्धन विभाग प्रमुख श्री नवीन सुवेदी र सुमेरु अस्पताल प्रालिका निर्देशक श्री दिलीप डंगोलले हस्ताक्षर गरका छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरूसँग समन्वय गर्दै आएको छ । सम्झौतापश्चात सुमेरु अस्पताल, धापाखेल, ललितपुरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट (Debit), क्रेडिट (Credit), प्रिभिलेज lk|len]h (Privilege) कार्ड लिएका बैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्या उने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ .

प्रकाशित मिति: Jun 19, 2019

प्रतिक्रिया दिनुहोस्