Logo
१२ बैशाख २०८१, बुधबार
(June 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीहरुको उपस्थितमा विकास समस्या समाधान समितिको बैठक सुरु

काठमाडौं : सात वटै प्रदेशका मुख्यमन्त्रीहरुको उपस्थितमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ ।

राष्ट्रिय योजना आयोगको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् । बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्री, संघीय सरकारका सबै मन्त्रीहरू, सबै मन्त्रालयका एक-एकजना सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्य र उच्च सरकारी पदाधिकारीको उपस्थिति रहेको छ ।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पनि सहभागी रहेका छन् । हरेक चार-चार महिनामा बस्ने बैठकमा विकासमा देखिएका समस्याको विषयमा छलफल हुने गर्छ । वैठकले विकास निर्माणमा आएका समस्या समाधानका लागि आवश्यक निर्णय लिने गर्छ। यसअघिका बैठकमा प्रधानमन्त्री लाई बैठकमा नबोलाउने गरिएकोमा पछिल्ला दुई बैठकदेखि बोलाउन थालिएको हो ।

बैठकबाट अन्तरप्रदेश, प्रदेश र केन्द्रमा देखिएका समस्या पनि सम्बोधन गर्न सहयोग पुग्नेछ। बैठकमा प्रदेश ३ का मुख्यमन्त्री उपस्थित छैनन् । अन्य ६ जना मुख्यमन्त्रीको सहभागिता रहेको छ ।

प्रकाशित मिति: Jun 19, 2019

प्रतिक्रिया दिनुहोस्