Logo
१२ बैशाख २०८१, बुधबार
(June 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्बन्ध नयाँ युगमा प्रवेश : १४ वर्षपछि चिनियाँ राष्ट्रपतिले गर्ने भए उत्तरकोरियाको भ्रमण

बेइजिङ :  चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

सि ले यी दुई देशबीचको सम्बन्धलाई थप नयाँ सम्बन्धका साथ अघि बढाउनका लागि आह्वान पनि गरेको बुधबार बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले यो सम्बन्धले दुई देश र यहाँका नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पुग्नुका साथै विश्व तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि लाभ पुग्ने धारणा राखेका छन् ।

उत्तर कोरियाको सरकारी पत्रिका रोडोन सिनमुनमा बुधबार प्रकाशित भएको चिनियाँ राष्ट्रपति सि चिनफिङको लेखमा सो कुरा उल्लेख गरिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति सि चिनफिङको उत्तर कोरिया भ्रमणको अघिल्लो दिन प्रकाशित यस लेखमा उनको यो धारणा आएको हो । राष्ट्रपति सि चिनफिङले भोलिदेखि अर्थात बिहीबार र शुक्रबार उत्तर कोरियाको भ्रमण गर्न लागेको समाचारमा जनाइएको छ ।

उनको यो भ्रमण चीनका उच्चस्तरका नेता तथा राष्ट्रपतिका रुपमा गरिएको १४ वर्षपछिको पहिलो हुने पनि  सञ्चारमाध्यमले जनाएका छन् ।-सिन्ह्वा

प्रकाशित मिति: Jun 19, 2019

प्रतिक्रिया दिनुहोस्