Logo
१५ चैत्र २०८०, बिहीबार
(June 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२३ लाखको चेक बाउन्स गराएर फरार भएका खड्कालाई CIB ले गर्यो पक्राउ

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने कुमार खड्कालाई सीआईबीले राजधानीको सुकेधाराबाट पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका एक जनालाई केन्द्रीय अनुसन्धान व्यूरो CIB ले पक्राउ गरेको हो ।

खड्काले प्रमोद जैसवालसाँग आर्थिक व्यवहार मिलाउन भनि २३ लाख ऋण लिएको तर तिर्ने बेलामा नेपाल एसबीआई बैंकको ब्यालेन्स नभएको चेक काट्दा चेक बाउन्स भएको थियो । त्यसपछि जैसवाल अदालत गएकोमा उच्च अदालत पाटनको ०७६ वैशाख १६ गते उनलाई एक महिना कैद र २३ लाख जरिवाना ठहर गरेको थियो ।

प्रहरीका अनुसार खड्काले ०७४ कात्तिक ११ मा जैसवालको नाममा चेक जारी गरेकोमा भक्तानी हुन नसकी बाउन्स भएको थियो । खड्कालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी अदालतको आदेशपछि कैद भुक्तानको लागि कारागार पठाईएको छ।

प्रकाशित मिति: Jun 19, 2019

प्रतिक्रिया दिनुहोस्