Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय लगानीमा उब्जिएको साढे १८ केजी अफिम प्रहरी जफतमा

बाँके :  आज बिहान ५ बजेतिर बाँकेको फुल्टेक्रास्थित बाबाकुटीबाट प्रहरीले साढे १८ केजी अफिमसहित ४ जनालाई पक्राउ गरेको छ । एकाबिहानै अटोरिक्सामा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अफिमसहित उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा १ महिला र ३ पुरुष छन् ।

अफिमसहित ४ जना पक्राउ परेसँगै नेपालमा हुने अफिम खेतीमा भारतीय लगानी रहेको खुलेको छ । नेपालगञ्जमा अफिम ल्याई पुर्याएको सूचना पाएपछि एक हप्तादेखि बाँके प्रहरीले निगरानी बढाएको थियो ।

“पिछा गर्दै जाँदा प्रहरीले बिहान मात्र ठूलो परिमाणमा अफिमसँगै तस्करीमा संलग्न व्यक्तिलाई पनि पक्राउ गर्यो”, बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले भने, “भारतीय तस्करको लगानीमा यहाँका पहाडी जिल्लामा अफिम खेती हुने गरेको खुलेको छ, हामी अनुसन्धान गर्दैछौँ, अहिले नै सबै भन्न मिल्दैन ।”

दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सल्यानलगायतका जिल्लामा लुकिछिपी अफिम खेती गर्ने गरिएको छ । नेपालमा अफिमको खेती गरी उक्त अफिम भारतमा लगेर ब्राउनसुगर बनाएर पुनः नेपालमा भित्रिने गरेको छ । जुन घातक लागुऔषध हो ।

साविकको मध्यपश्चिमका पहाडी जिल्लामा हुने अफिम तथा चरेस खेतीमा भारतीय तस्करहरुको लगानी हुने गरेको छ । पक्राउ परेकाले भारतीय व्यापारीले अफिमको बीउ र त्यसलाई हुर्काउने, बढाउने र प्रशोधन गर्ने तरिका सिकाएर स्थानीयलाई अवैध काममा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक पौडेलले बताए । त्यसैगरी नै स्थानीयले अफिमको खेती गरेर चोप निकाली पैसा लगानी गरेका तीनै भारतीय व्यापारीलाई बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भारतमा अफिमलाई ब्राउनसुगर र पाकिस्तानलगायतका मुलुकमा ह्वाइट सुगर बनाउन प्रयोग गर्ने गरिएको छ । विश्वमा सबैभन्दा बढी यसको अवैध खेती अफगानिस्तानमा हुने गरेको छ । संयुक्त राष्ट्रसङ्घको पछिल्लो तथ्याङ्कअनुसार म्यानमारमा अफिमको खेती फस्टाएको छ । अफिम खेती, उपयोग र व्यापार विश्वमा गैरकानूनी मानिन्छ ।

नेपालमा लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ८४ को ६ ९३० मा भएको व्यवस्थाअनुसार १०० ग्रामभन्दा माथि लागुऔषध कारोवार, ओसारपसार गर्नेलाई १५ वर्षदेखि जन्मकैद र रु ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको छ ।

प्रकाशित मिति: Jun 19, 2019

प्रतिक्रिया दिनुहोस्