Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रधानमन्त्रीले जबरजस्ती बोल्न खोजेको कारण संसद अवरुद्ध गर्नु परेको हो’ : देउवा

काठमाडौं : मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले जबरजस्ती बोल्न खोजेको कारण संसद अवरुद्ध गर्नु परेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

बुधबार संसद बैठकमा विशेष समय लिएर बोल्दै सभापति देउवाले संसदमा बल मिच्याई गर्न नपाईने भन्दै सो कुरा बताएका हुन् ।
देउवाले सदन प्रतिपक्षको पनि हो भन्ने नभुल्न आग्रह गरे । ‘हिजो मैले समय मागिसकेको थिएँ । प्रधानमन्त्रीले समय माग्नुभएछ,’ उनले भने, ‘मेरो जवाफ दिन पाउनु हुन्थ्यो ।’

प्रतिपक्षले पहिले बोल्ने र सत्तापक्षले जवाफ दिने संसारभर प्रचलन रहेको भएपनि प्रधानमन्त्री जबरजस्ती बोल्न खोज्दा विरोध गर्नु परेको उनले स्पष्ट पारे । उनले भने, ‘प्रधानमन्त्री बोल्ने भएपछि कोही बोल्न पाइन्न । यस्तो पनि कहीँ हुन्छ ?’ उनले अघि भने, ‘यो बल मिच्याई चल्दैन ।’

विपक्षीको काम नै बोल्ने भएको भन्दै उनले विपक्षीले माग गर्दैमा नडराउन आग्रह गरे । देउवाले बैठकमा भने, ‘मैले माग गर्ने हो । गुठी विधेयक मात्र होइन, मेरो अरु पनि माग छ । शेरबहादुरले माग्यो, मैले दिनु पर्योो भन्ने ? डराई हाल्नुपर्ने र?’

उनले प्रधानमन्त्री ओलीमाथि विपक्षी दलको नेता बोल्दा संसदमा उपस्थित हुने परम्परा तोडेको आरोपसमेत लगाए । विपक्षी दलका नेता देउवाले भने, ‘प्रधानमन्त्री बोल्दा विपक्षी नेता आउनुपर्छ । विपक्षी बोल्दा प्रधानमन्त्री आउनै पर्छ । तर यहाँ उसले जहिले पनि हेप्ने काम गरेको छ । यो मान्दैनौं ।’

गुठी विधेयक फिर्ता ‘सकारात्मक’, अरु विधेयक पनि फिर्ता लिन माग कांग्रेस सभापति देउवाले गुठी विधेयक फिर्ता लिनु सकारात्मक भएको बताएका छन् । तर संसदमा दर्ता भएको विधेयक बाहिरबाट फिर्ता लिनु गलत भएको उनले बताए ।

प्रकाशित मिति: Jun 19, 2019

प्रतिक्रिया दिनुहोस्