Logo
७ बैशाख २०८१, शुक्रबार
(June 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायती राजकुमारको कार्गेडको ठक्करले घाइते भएकी वृद्धाको अवस्था नाजुक

लण्डन :  बेलायती राजकुमार विलियम्सको कार्गेडले ठक्कर दिँदा एक हजुरआमा घाइते भएकी छिन् । घाइते वृद्धाको नाम इरेने मेयर हो । उनको अवस्था नाजुक रहेको बताइएको छ ।

७ महिनामा राजपरिवार संलग्न भएको यो सातौं दुर्घटना हो । पुलिस अधिकारी उक्त घटनाबारे थप अनुसन्धान गरिरहेका छन् । विलियम र उनकी श्रीमती केट विन्डसर क्यासलमा आयोजित एक कार्यक्रममा जानेबखत् लण्डन छोड्ने क्रममा उक्त दुर्घटना भएको हो ।

शाही जोडीका प्रवक्ताले डेली मेलसँगको कुराकानीमा आफूहरुलाई दुर्घटनाले अत्यधिक दुःखी बनाएको र पीडितको परिवारसँगको सम्पर्कमा रहेको जानकारी दिए । आफूहरुले फूलसमेत पठाएको उनले बताए ।

घाइते इरेने यदि तयार छिन् भने शाही जोडीले उनलाई भेट्ने बताएका थिए । इरेनेसँगै बस्ने उनकी छोरी फियोनाले आमालाई अत्यधिक चोट लागेको जानकारी दिइन् । ‘डाक्टरले उनको स्वास्थ्यलाई स्थिर राख्ने प्रयास गरिरहेका छन् ।’

प्रकाशित मिति: Jun 19, 2019

प्रतिक्रिया दिनुहोस्