Logo
८ बैशाख २०८१, शनिबार
(June 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं : संसदीय सुनुवाई विशेष समितिले सरकारद्वारा प्रस्तावित विभिन्न ४ देशका राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्धारा प्रस्तावित राजदुतहरु अष्ट्रलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

सरकारद्धारा प्रस्तावित ४ वटै देशका राजदूतहरुको सुनुवाइका लागि उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिले प्रस्तावित राजदूतहरुलाई १० दिनसम्म उजुरी आह्वानका लागि म्याद दिने संवैधानिक व्यवस्था छ । त्यसपछि सो उजुरीमाथि छानवीन गरी प्रस्तावित राजदुतहरुको सुनुवाइ हुनेछ ।

समितिले राजदूतमा प्रस्तावितहरुको नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रकाशित मिति: Jun 19, 2019

प्रतिक्रिया दिनुहोस्