Logo
१३ बैशाख २०८१, बिहीबार
(June 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको दुहवी र इनरुवामा डेंगुको रोगी फेला , बिराटनगर पठाइयो

सुनसरी : सुनसरीको दुहबी र इनरुवामा पनि डेंगुको संक्रमण देखिएको छ ।

दुहबी ५ घर भएकी लता अग्रहरिलाई दुहबीमा रहेको इजि केयर स्वास्थ्य सेवा प्रालीमा डेंगुको जांच गर्दा संक्रमण देखा परेको इजि केयरका संचालक आसिफ अन्सारी बताए । उनलाई थप उपचारको लागि बिराटनगर रेफर गरेको अन्सारीले जानकारी दिए ।

धरानबाट देखिएको डेंगु अहिले पूर्वमा देखिन थालेको छ ।
यसैगरी सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ । इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिनुभयो ।

धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पतालले जनाएको छ । दुहवी र इनरुवामा डेंगुको बिरामी भेटिएपछि वडा कार्यालयले डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ । रोगको बारेमा बिरामी र बिरामीका आफन्तले खुलेर जानकारी नगराउँदा सङ्क्रमितको आशङ्का गरिएकाहरुको वास्तविकता यकिन हुन भने सकेको छैन ।

स्थानीयवासीले ज्वरोपश्चात उपचारका लागि बिरामीलाई धरान र विराटनगर पु¥याइएकाले सङ्क्रमण भएका रोगीको सङ्ख्या अधिक हुनसक्ने आङ्कलन गरे पनि जिल्ला अस्पताल इनरुवाले भने आधिकारिकरूपमा इनरुवामा एक जनामा मात्र डेंगु सङ्क्रमण पाइएको जनाएको छ ।

नगरपालिकाले सचेतनासम्बन्धी विद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालनको तयारी शुरु गर्दै स्वयंसेविका, आमा समूह, सङ्घसंस्थाका पदाधिकारीलगायतको उपस्थितिमा सावधानी र सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । स्वास्थ्य कार्यालय सुनसरीबाट खटिएका स्वास्थ्यकर्मीसहित सम्बन्धित क्षेत्रका जानकारले सचेतनासम्बन्धी प्रशिक्षण दिइरहेका अस्पतालले जनाएको छ । नगरवासिलाइ सचेत रहन दुहवी र इनरुवा नगरपालिकाले आग्रह गरेको छ ।

 

प्रकाशित मिति: Jun 19, 2019

प्रतिक्रिया दिनुहोस्