Logo
१३ बैशाख २०८१, बिहीबार
(June 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी हड्तालको कारण हायात होटल बन्द, होटलमा भएका पाहुनलाई अन्यत्र सारिने

काठमाडौं : कर्मचारी यूनियनको आन्दोलनको कारण देखाउँदै पाँचतारे होटल हायात रिजेन्सी व्यवस्थापनले होटल खाली गरेको छ । पूर्व सहमतिअनुसार सेवा सुविधाको माग गर्दै कर्मचारीले हडताल गरेपछि होटल खाली भएको हो ।

हायात रिजेन्सी होटलले एक विज्ञप्ती जारी गर्दै तत्काल केही समयका लागि बुकिङ नलिने र होटलमा भएका पाहुनालाई अन्य होटलमा सारिएको जनाएको छ ।

अत्यावश्यक सेवा सञ्चालन ऐनअनुसार होटल हडताल निषेधित क्षेत्र भएको उल्लेख गर्दै हायातले मजदुरको हडतालका कारण बन्द गर्नुपरेको जनाएको छ । भारतीय लगानीकर्ता राधेश्याम सर्राफसहितको लगानीको यो होटलमा रहेका पाहुनालाई दरवारमार्ग स्थित होटल याक एन्ड यतिमा सारिएको छ ।

२ सय ८० कोठाको यो होटलमा कर्मचारीले खाइपाइआएको सुविधा कटौती नगर्न र व्यवस्थापनले यसअघिका सवै सहमति कार्यान्वयन गर्न माग गरेका छन् । होटल व्यवस्थापनले भने सुरक्षाको कारण पर्यटक व्यवस्थापनमा असहज भएकाले पाहुनालाई बाध्य भएर अन्यत्र सार्नुपरेको जनाएको छ ।

प्रकाशित मिति: Jun 18, 2019

प्रतिक्रिया दिनुहोस्