Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसले संसदमा अवरोध श्रृजना गर्नु नाजायज भएको माधव नेपालको टिप्पणी

काठमाडौं : सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दलले गलत काम गरिरहेको टिप्पणी गरेका छन् ।

संघीय संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर प्रतिपक्षी दलले गलत संसदीय नजिर बसाल्न खोजेको बताएका हुन् ।

प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परा अनुसार उनको कुरा सुन्नुपर्नेमा अवरोध श्रृजना गर्नु नाजायज भएको टिप्पणी उनले गरे । उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको माग नाजायज थियो । प्रधानमनत्री बोल्ने भनिसकेपछि संसदीय परम्परा र संसदीय परिपाटी अनुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ ।

त्यसपछि प्रतिपक्षीले बोल्ने कुराको सन्र्दभमा बोल्न पाउनुपर्छ । सभामुखको रुलिङ नमानेर गलत संसदीय नजिर बसाल्न खोजेको देखिन्छ ।’

प्रकाशित मिति: Jun 18, 2019

प्रतिक्रिया दिनुहोस्