Logo
१५ चैत्र २०८०, बिहीबार
(June 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा आयोगको विज्ञापनबारे आज सर्वोच्चमा सुनुवाई हुँदै

काठमाडौं : लोकसेवा आयोगको विज्ञापनबारे सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ । न्यायाधीश दिपककुमार कार्की र डम्बरबहादुर शाहको इजलासमा अधिवक्ताहरु जगदेव चौधरी र विकास ठाकुरसमेतले दायर गरेको रिटमाथि पेशी तोकिएको हो ।

आयोगले स्थानीय तहमा ९ हजार १ सय ६२ पदका लागि विज्ञापन खुलाएपछि समावेशीको सिद्धान्त र संविधानविपरीत भएको भन्दै विज्ञापन रोक्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

गत जेठ २९ गते न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले सो मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो । बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापन किन रद्द नगर्ने भन्दै कारण देखाउ आदेश जारी गरेको हो ।

रिट निवेदक अधिवक्ता ठाकुरले अन्तरिम आदेश माग गरेकाले यसबारे छलफल गर्न दुबै पक्षलाई असार ३ गते आज बोलाएको छ ।

प्रकाशित मिति: Jun 18, 2019

प्रतिक्रिया दिनुहोस्