Logo
७ बैशाख २०८१, शुक्रबार
(June 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाहिरबाट खाना किनेको मामिलामा प्रधानमन्त्री नेतान्याहूकी पत्नीलाई लाग्यो भ्रष्टाचारको मुद्दा

एजेन्सी : इजरायलको एउटा अदालतले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पत्नी सारा नेतान्याहूलाई भ्रष्ट्रचार मुद्दामा दोषी ठहर गरेको छ ।

उनीमाथि भोजनको लागि विनियोजित सरकारी कोषको गलत प्रयोग गरेको भन्ने मुद्दा परेको थियो । त्यो मुद्दा सन् २०१८ जुनमा परेको थियो ।

जसमा उनीमाथि सरकारी आवासमा भान्छेको व्यवस्था भएर पनि बाहिरबाट खाना किनेको मामिलामा भ्रष्टाचारको मुद्दा लागेको थियो । अदालतको फैसलापछि साराले ‘प्ली बार्गेन’ अन्तर्गत दोष स्वीकार गरेर सजायँ कम गर्ने विकल्प रोजेकी छिन् ।

सारा नेतान्याहूलाई अर्को एक जना व्यक्तिको गल्तीबाट फाइदा लिन खोजकोमा पनि दोषी ठहराइएको छ । त्यस दोषको लागि उनलाई ठूलो रकम जरिवाना तिर्न आदेश दिइएको छ ।

प्रकाशित मिति: Jun 18, 2019

प्रतिक्रिया दिनुहोस्