Logo
१३ बैशाख २०८१, बिहीबार
(June 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इङ्ल्यान्डसँग जित निकाल्ने प्रयासमा अफ्गानिस्तान मैदानमा उत्रिदैँ

आइसीसी विशवकप क्रिकेटमा आज आयोजक टिम इङ्ल्यान्ड र अफ्गानिस्तान एकसाथ भिड्दैछन् । ओल्ड ट्राफोर्डमा साँझ ३ः१५ बजे सुरु हुने खेलमा इङ्ल्यान्ड चौथो जित निकाल्ने प्रयासमा रहनेछ ।

जारी विश्वकपमा दुबै प्रतिद्वन्दीको यो ५औँ खेल हो र यसअघिको खेलमा अफ्गानिस्तानले लगातार हार बेहोर्दै आइरहेको छ तसर्थ यो खेलमा जित निकाल्ने नै उसको मुख्य लक्ष्य रहनेछ । ३ जित र १ हार खेपेको इङ्ल्यान्ड ६ अंक सहित तालिकाको चौथो स्थानमा छ । अफगानिस्तान तालिकाको अन्तिममा छ ।

आयोजक इङ्ल्यान्ड यसपटक पनि निकै राम्रो लयमा देखिएको छ । इङ्ल्यान्डको ब्याटिङ, बलिङ र फिल्डीङ उत्कृष्ट हुनुका साथै टोलीमा अनुभवी र स्टार खेलाडी छन् । घरेलु मैदान र दर्शकका साथले पनि इङ्ल्यान्ड थप उत्साहित भएको हो ।

अफगानिस्तानको भने यो विश्वकपमा दोस्रो पटक हो । अघिल्ला खेलको हारले अफगानिस्तान झन् कमजोर बन्दै गएको छ । त्यसैले आजको खेलमा इङ्ल्यान्ड सहज जित निकाल्ने प्रयासमा छ भने अफगानिस्तान बलियो प्रतिद्वन्दी (इङ्ल्यान्ड)लाई कडा चुनौती दिने तयारीमा छ ।

प्रकाशित मिति: Jun 18, 2019

प्रतिक्रिया दिनुहोस्