Logo
११ बैशाख २०८१, मंगलबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘वर्तमान सरकार बलियो भएपनि अठोटका साथ काम गर्न सकेन’ : महामन्त्री कोइराला

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकार बलियो भएपनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको बताएका छन् ।

हरिशरण उपाध्यायद्धारा लिखित पुस्तक ‘श्री-जी’ को बिमोचन कार्यक्रममा उनले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार बलियो भएपनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको बताएका हुन् ।

उनले सरकारले प्रदेश र स्थानीय तहमा तीस प्रतिशत बजेट पनि विनियोजन नगरेकोमा आपत्ति जनाए । महामन्त्री कोइरालाले कांग्रेसले समृद्धिको आधार तयार पारेपनि सरकारले थप अगाडि बढाउन नसकेको बताए ।

महामन्त्री कोइरालाले काँग्रेसलाई विपी कोइरालाको माग चित्र अनुसार अघि बढाउन आफू लागिपरेको बताए। आगामी महाधिवेशनपछि का्रग्रेस विपी कोइरालाको मार्ग चित्र अनुसार अघि बढने समेत उनले दाबि गरे।

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्