Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयुष्मान र शिल्पाको ‘सानो मन’ (भिडियो)

काठमाडौं :  आयुष्मान देशराज जोशी र शिल्पा मास्के ‘सानो मन’ नामक चलचित्रमा एकसाथ देखिँदै छन् । उनीहरुकोे शीर्ष भूमिका रहेको फिल्मको ट्रेलरलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सुयोग गुरुङले निर्देशन गरेको यो ट्रेलरमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । ट्रेलर्र आकर्षक देखिन्छ र फिल्मको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको समेत अभिनय रहेको यो फिल्ममा ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । यस्तै फिल्ममा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् भने फिल्ममा आलोक शुक्लाको छायांकन देख्न सकिन्छ ।

थाइल्याण्डको पतायामासमेत छायांकन गरिएको यो फिल्म नेपालमा भैरहवा, काठमाडौंलगायतका स्थानमा खिचिएको छ । योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरले निर्माण गरेको फिल्मले असार २० गतेलाई रिलिज मिति तय गरिएको छ ।

https://youtu.be/NGRDtlixyfI

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्