Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा गिरावट

काठमाडौं :  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँका दरले घटाएको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँका दरले घटाइएको विज्ञप्तिमार्फत जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “आज मिति २०७६र०३र०१ को राती १२ स् ०० बजेदेखि लागु हुने गरी नेपाल आयल निगम लिमिटेडबाट पेट्रोल र डिजेलरमट्टीतेलको साविकको खुद्रा विक्री मूल्यमा रु. २ प्रति लिटर घटाई समायोजन गरिएको छ ।“

माथिको विज्ञप्तिअनुसार काठमाडौंको थानकोट डिपोबाट १५ कि.मि. क्षेत्रभित्र नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल रु. १०८, डिजेल र मट्टितेल रु. ९६. ५० प्रति लिटर कायम भएको छ । हवाई इन्धन र एलपी ग्याँसको भने खुद्रा बिक्री मूल्य यथावत नै राखिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्