Logo
१३ बैशाख २०८१, बिहीबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदको गरिमा, मर्यादा बचाउन सभामुख सँग राजपा सांसद कर्णको आग्रह

काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपालले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भूमिका निर्वाह गर्न सभामुखसँग आग्रह गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद लक्षमणलाल कर्णले संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भुमिका निर्वाह गर्न सभामुखसँग आग्रह गरेका हुन् ।

राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई दिएको निर्देशन संवैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिन भनेर संसदीय गरिमामाथि नै चुनौति दिने काम गरेको भन्दै कर्णले संसदको गरिमा, मर्यादा बचाउन अभिभावकको भूमिका निर्वाह गर्न सभामुखलाई आग्रह गरेका थिए ।

समिति र संसदको अवहेलना र उपहास नहोस् भन्ने तर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए । राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकोमा कर्णले आक्रोश पोखेका थिए । संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको स्मरण गराउदै उनले संसदको निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको दाबी गरे ।

कर्णले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगको आलोचना गरेका थिए ।

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्