Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका पदाधिकारीलाई कारवाही गर्न माग

काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपालले नेपाल सरकारका संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संसदीय मर्यादालाई उपहास गरेको भन्दै उनलाई कारवाही गर्न माग गरेको छ । ‘आफू आकाशबाट आएको होइन भन्ने उहाँले बुझ्नुपर्छ’ प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपा सह-अध्यक्ष तथा सांसद लक्षमणलाल कर्णले भने उहाँले हामिलाई समावेशिता सिकाउनु पर्दैन हाम्रै समावेशी आन्दोलनको नाममा उहाँ स्वयंले पनि सरकामा सथान पाएको हो ।

समिति र संसदको अवहेलना र उपहास नहोस् भन्ने तर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए । राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकामा कर्णले आक्रोश पोखेका हुन् । संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भूमिका निर्वाह गर्न सभामुखसँग आग्रह गर्दै यदि अटेर गरे कारवाहीसम्म पनि गर्नु पर्ने उनले ससंदमा माग गरेका हुन् ।

संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भुमिका निर्वाह गर्न सभामुखसँग उनले औपचारिक रुपमै आग्रह गरेका छन् । राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई दिएको निर्देशन संवैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिन भनेर संसदीय गरिमामाथि नै चुनौति दिने काम गरेको भन्दै कर्णले संसदको गरिमा, मर्यादा बचाउन अभिभावकको भूमिका निर्वाह गर्न सभामुखलाई आग्रह गरेका हुन् ।

संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको स्मरण गराउदै उनले संसदको निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको तर्क गरे । संसदीय सुनवाई समितिका सभापति समेत रहेका कर्णले सोमवार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगको निकै कडा आलोचना गरेका छन् ।

‘समितिको निर्देशन मान्दिन भनेर मन्त्रीले भन्ने? मन्त्रीको जन्म यही संसदबाट भएको हो । मन्त्री आकाशबाट आएको होइन । मन्त्रीले बुझ्नुपर्छ । यो संसदले जन्माएको हो मन्त्री’, कर्णले लोकसेवालाई पनि सचेत गराउँदै भने, ‘लोकसेवा आयोगको अध्यक्षले भन्छ म मान्दिनँ । प्रवक्ताले भन्छ म मान्दिनँ । अब कसको कुरा मान्ने त ? संविधान पनि नमान्ने, कानुन पनि नमान्ने र संसदलाई पनि नमान्ने हो भने यो देश कसले चलाइरहेको छ ? एकजना मन्त्री र एकजना लोकसेवा आयोगले चलाउन सक्छ यो देश ? विज्ञापनको विरोधमा आन्दोलन भइरहँदा कसैलाई चिन्ता नभएपनि हामीलाई चिन्ता छ । यहीँ समानुपातिक समावेशीका लागि हामीले लडाई र्गया हो, आन्दोलन र्गया हो ।’

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्