Logo
७ बैशाख २०८१, शुक्रबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्तगतिका कारण भेनेजुएलामा भयानक सडक दुर्घटना, १८ जनाको मृत्यु

काराकस :  पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा बस दुर्घटना भएको छ । आइतबार भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमै नै मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । घाइतेको भिल्ला डेल रसारियो अस्पतालमा उपचारको लागि भर्ना गरिएको र तीमध्ये पनि ४ जनाको थप मृत्यु भएपछि सो सङ्ख्या १८ पुगेको प्रहरीले जनाएको छ ।

यो दुर्घटना कोलोम्बियाको सीमा क्षेत्रमा पर्ने जुलिया राज्यको ग्रामीण इलाकामा भएको थियो । सो दुर्घटनाको थप अनुसन्धान भइरहेको र दुर्तगतिमा सवारी साधन चलाएका कारण नै उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस बसमा ५८ जना यात्रु सवार रहेका प्रत्यक्षदर्शीले स्थानीय पत्रिका पानोरामाले जनाएको छ ।

भेनेजुएलामा सडक मर्मत सम्भारमा कमी, जीर्ण सवारी सधान, चालकको लापर्वाही जस्ता कारणले बारम्बार सडक दुर्घटना हुने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको एक प्रतिवेदनका अनुसार भेनेजुएलामा सन् २०१६ मा १० हजार ६ सय व्यक्तिको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । (एएफपी)

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्