Logo
June 17, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुठी विधेयक विरुद्धको जारी आन्दोलनमा नेपाली कांग्रेस र राजपाको पनि सर्मथन

काठमाडौँ : तत्कालिन देउवा सरकारले ल्याएको गुठी विधेयकलाई जस्ताको त्यस्तै तयार नयाँ त्वरबाट सरकारले प्रस्तूत गरेको विधेयकको चौतर्फी बिवरोध भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उक्त बिरोधहरुको सर्मथन जनाएका छन् ।

गुठी विधेयक विरुद्ध जारी सडक आन्दोलनमा समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन समेत नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन सरकारसँग माग गरे ।

उनले नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृतिक, सामाजिक मूल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरि सरकारले विधेयक ल्याएको दाबी गरे ।

प्रधानमन्त्रीले ‘सोचिने छ, विचार गरिने छ भन्ने ‘र सरकारकै प्रवक्ताले ‘सामन्ती अवशेष समाप्त पारि छाडिने’ भन्ने अभिव्यक्ति दिँदै आएको भन्दै उनले ‘कुटे जस्तो र रोए जस्तो ’सरकारको दोहोरो चरित्र कदापी स्वीकार्य नहुने भन्दै विधेयक फिर्ता लिन माग गरे ।

गुठी विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति श्रृजना हुन सक्ने तर्फ समयमै सचेत नभए उत्पन्न गम्भीर परिस्थितिका लागि सरकार स्वयम जिम्मेवार हुनेतर्फ पनि उनले सचेत गराए ।

सभामुखले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि सभामुखले सांसद बडू र राजपाका सांसद लक्षमण लाल कर्णलाई बोल्नका लागि समय दिएका थिए । राजपा सांसद कर्णले पनि गुठी विधेयकको विरोध गरेका छन् ।

प्रकाशित मिति: २ असार २०७६, सोमबार ११:५४

प्रतिक्रिया दिनुहोस्