Logo
१५ चैत्र २०८०, बिहीबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परीक्षामा धाँधली र आफन्तहरुलाई नियतबस उत्तीर्ण गराएको चन्दै त्रिवि सेवा आयोगको मुल गेटमा ताला

देशकै ठुलो र सबैभन्दा पुरा विश्वविद्यालयको रुपमा स्थापित त्रिभूवन विश्वविद्यालय सेवा आयोगले कर्मचारी नियुक्तिका लागि लिएको परीक्षामा धाँधली भएको भन्दै आन्दोनकारी एक समुहले मुल गेटमै ताला लगाएका छन् ।

विश्वविद्यालयका पदाधिकारीहरुले आफ्ना-आफन्तहरुलाई नियतबस उत्तीर्ण गराएको आरोप लगाउँदै विद्यार्थी तथा शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा रहेकाहरुले सोमबार सेवा आयोगको मुल गेटमा तालाबन्दी गरेका हुन् । उनीहरुले सेवा आयोगका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने भन्दै मुल गेटमा ताला लगाएका हुन् ।

गएको वैशाख २४ गते नतिजा प्रकाशित भए लगत्तैदेखि आन्दोलन जारी छ । आयोगले भने आफूबाट कुनै किसिमको गल्ती नभएको बताउँदै आएको छ ।

सेवा आयोगले लिएको उप प्रशासकदेखि सवारी चालकसम्मका पदको परीक्षामा पदाधिकारीले नातेदारलाई मात्रै उत्तीर्ण गराएको आरोप छ ।

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्