Logo
|| June 17, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुनः राष्ट्र बैङ्क नै फर्के योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ

बुटवल : प्रदेश ५ योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएर पुरानैै स्थान बैङ्कमा फर्किएका छन् ।

डा. श्रेष्ठलाई ०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो । श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा प्रदेशको वस्तु विवरण स्थितिपत्र र आवधिक योजना बनाउने जस्तो महत्त्वपूर्ण काम गरेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलको जोडबल र आग्रहमा नेपाल राष्ट्र बैङ्कको निर्देशकबाट काज मिलाएर प्रादेशिक योजना आयोगको उपाध्यक्षमा आएका श्रेष्ठ कार्यकारी निर्देशकमा पदोन्नति भएपछि पुनः राष्ट्र बैङ्क नै फर्केका हुन् ।

श्रेष्ठले जेठ १४ गते नै राजीनामा दिएको भए पनि बजेट सार्वजनिक गर्नुअघि गोप्य राखिएको थियो । डा. श्रेष्ठको आज औपचारिक बिदाई हुँदैछ ।

प्रकाशित मिति: २ असार २०७६, सोमबार ११:४२

प्रतिक्रिया दिनुहोस्