Logo
१३ बैशाख २०८१, बिहीबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुरेमा बस दुर्घटना : १ को मृत्यु ,२० घाइते, ४ को अवस्था गम्भिर

हेटौंडा :  हेटौँडा उपमहानगरपालिका-१५ मा बस दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा-वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई सोमबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्