Logo
७ बैशाख २०८१, शुक्रबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्मीमा शीतलता प्रदान गर्ने खरबुजाको जान्नुहोस् ८ फाइदा

काठमाडौँ :  खरबुजा एउटा स्वादिष्ट तथा शीतल फल हो र यो स्वास्थ्यका लागि पनि उत्तिकै नै फाइदाजनक मानिन्छ । यसमा भरपुर पानीको मात्रा हुन्छ । एउटा खरबुजामा ४६ प्रतिशत क्यालोरी तथा भिटामिन सी र एलगायत विभिन्न तत्व हुन्छन् । तसर्थ गमाीमा यसले शीतलता प्रदान गर्नमा निकै पलाइदा पुर्याउँछ ।

हेरौँ खरबुजाका केही अद्भुत फाइदाहरु :
१.  ताजगी राख्छ :
खरबुजामा ९२ प्रतिशत पानी, ४६ प्रतिशत क्यालोरी त्यस्तै वाँकी अन्य भिटामिन तथा तत्वहरू पाइन्छ । तसर्थ यसले शरीरलाई जलवियोजनबाट बचाउन सहयोग गर्छ । अचम्मको कुरा यो छ कि फलफूलमा पानीको मात्रा धेरै हुन्छ र खाँदा छिट्टै अघाएको महसुस हुन्छ । पानी र फाइबर हुनु भनेको खानाको मात्रा ठीक छ भन्नु हो । त्यसै गरी खरबुजामा अन्टिअक्सिडेन्टको मात्रा पनि उत्तिकै हुन्छ ।

२.  भिटामिन सी र ए :
खरबुजामा भिटामिन सी पाइन्छ जुन एन्टिअक्सिडेन्टका रुपमा काम गर्छ । यसले शरीरका कोषलाई नष्ट हुन दिँदैन । यसका साथै भिटामिन सीले रोगसित लड्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

खरबुजामा पाइने क्यारोटिनोड्स बोटबिरुवामा पाइने यस्तो तत्व हो, जसमा अल्फा क्यारोटिन र बेटा क्यारोटिन पाइन्छ । जुन तत्व पछि गएर भिटामिन एमा रूपान्तरण भई शरीरमा भिटामिन ए पनि मिल्छ ।

३. लाइकोपेन :
‘लाइकोपेन’ले फलफूल तथा गोलभेंडामा रातो रङ प्रदान गर्छ । यो रङ स्वास्थ्यका लागि लाभदायक हुन्छ र खरबुजामा भएको रातो रङले पनि शरीरलाई फाइदा पुर्याउँछ ।

४.  कुकरबिटासिन ई :

यो फलमा पाइने ‘कुकरबिटासिन ई’ तत्वले क्यान्सर रोकथाममा पनि सहयोग गर्छ । अनुसन्धानकर्ताका अनुसार खरबुजामा हुने लाइकोपेन र अन्य तत्व क्यान्सरविरुद्ध उपयोगी हुन्छन् नै । यी तत्वले पाचन प्रणालीमा पनि फाइदा पुर्याउँछन् ।

आफ्नो नियमित भोजनमा खरबुजा समावेस गर्ने हो भने हृदयघात, उच्च रक्तचाप र कोलस्ट्रोल बढ्ने जोखिम हुँदैन। धेरैथरीका पोषण भएको खरबुजा स्वास्थ्यका लागि विशेष फाइदाजनक छ ।

५.  तनाव र सुन्निने समस्या घटाउँछ :
खरबुजामा लाइकोपिन र भिटामिन सी शरीर सुन्निन नदिने तत्व हुन्छन् । सन् २०१५ मा भएको एक अध्ययन तथा प्रयोगशालामा भएको परीक्षणबाट शरीर सुन्निन नदिने प्रोटिन पाइएको थियो । खरबुजामा पाइने लाइकोपेन तत्व मस्तिष्क स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । यो अल्जाइमर रोगमा उपयोगी हुन्छ ।

६.  आँखाको दृष्टि घट्न रोक्छ :
खरबुजामा पाइने लाइकोपेन रगत हुँदै आँखाका विभिन्न भागमा पुग्छ । जसले आँखाको दृष्टि क्षमता घट्न रोक्छ । साथै उमेरको कारणले घट्नसक्ने दृष्टि क्षमता पनि घटाउँछ र मांशपेशी दुखाइ कम गराउँछ

७.  छाला र कपालका लागि फाइदा :
खरबुजामा पाइने भिटामिन ए र सी छाला र कपालको स्वास्थ्यका लागि राम्रो मानिन्छन् । भिटामिन सीले शरीरमा कोलाजिन र प्रोटिनले छालालाई नरम बनाउँछ तथा रौं बलियो बनाउँछ । भिटामिन ए स्वस्थ छालाका लागि महत्वपूर्ण छ ।

यसले छालाको कोषलाई निर्माण गर्न र पुनर्निर्माण गर्न मद्दत गर्छ । पर्याप्त भिटामिन एबिना छाला सुक्खा र खस्रो देखिन्छ । यसमा हुने लाइकोपेनलगायत तत्वले घामले जलेको छालालाई सुधार गर्छन् ।

८. पाचन प्रणालीमा सुधार :
खरबुजामा पाइने पर्याप्त पानी र फाइबरले पाचन प्रक्रियामा सहज बनाउँछ । फाइबरले अवरुद्ध दिसालाई खुलाउनुका साथै पानीले पाचन प्रणालीलाई चलायमान बनाउँछ । पर्याप्त पानी र फाइबर भएका खरबुजाजस्ता फलफूल सेवनले शौचलाई नियमित र सामान्य बनाउँछ ।

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्