Logo
१५ चैत्र २०८०, बिहीबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत् चुहिएर ५ पसलमा आगलागी, १५ लाखको क्षति

सांकेतिक तस्बिर

काठमाडौँ :  टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् चुहिएर आगलागी हुँदा ५ सटर जलेर नष्ट भएको छ ।

सामाखुशीचोकमा चलिआएको कपडा पसलमा आइतबार राति विद्युत् चुहिएर आगलागी हुँदा कपडा पसल, ३ खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार ९ बजेदेखि शुरु भएको आगलागी १०.१५ बजे नियन्त्रणमा लिइयो । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ३ दमकल र २ पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिइएको बताए ।

आगलागीबाट रु १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्