Logo
१३ बैशाख २०८१, बिहीबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई विश्वसामु चिनाउन चोभारमा मन्जुश्रीको विशाल मूर्ति स्थापना

काठमाडौँ :  नेपाललाई विश्वसामु चिनाउन कीर्तिपुरको चोभारमा मन्जुश्रीको विशाल मूर्तिको स्थापना गरिएको छ । यस मूर्तिको स्थापनापशचात् नेपाललाई विश्वमा परिचित गराउँदा गर्वको अनुभूति गर्नेहरुले थप आधार पाएका छन् ।

मन्जुश्रीले चोभारको गल्छी काटेर उपत्यकाको पानी बाहिर बगाई यस भूभागलाई बस्ती योग्य बनाएकी थिइन् तसर्थ उनको शालिक पनि विशाल बन्नु आवश्यक त थियो नै । उनी वास्तवमै एक विशाल व्यक्तित्व हुन् । जलविनायक सामुदायिक वन उपभोक्ता समितिको पहलमा निर्माण गरिएको ३३ फिट अग्लो मन्जुश्रीको विशाल शालिक शनिबार विधिवत रुपमा अनावरण गरिएको थियो ।

‘बौद्ध दर्शनको अध्ययनका क्रममा मैले विश्वका धेरै मुलुक भ्रमण गरें, तर यति अग्लो मञ्जुश्रीको मूर्ति मैले अन्त कतै देखेको छैन’ बौद्ध विद्वान अजितमान तामाङले भने । उनका अनुसार चीनको उथाइसानमा मञ्जुश्रीका धेरै मूर्ति देखिन्छन् तर यति अग्ला छैनन् ।

चीनका तर्फबाट नेपाल आई योगदान गर्ने विद्वानको इतिहासलाई उजागर गर्न, ढुंगाको यति चिल्लो कलात्मक मूर्ति विश्वलाई देखाउन र बुद्ध तथा बोधिसत्व मञ्जुश्रीको विचार विस्तार गर्न चोभारको मञ्जुश्रीको मूर्तिले विशेष महत्व राख्नेछ ।

विशाल कायका कारणले मात्र मञ्जुश्रीको श्रीवृद्धि भएको होइन, उनलाई विश्वले मान्ने २८ प्रकारका बुद्धमध्ये एक भएकाले पनि उनको महिमा उच्च छ ।

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्