Logo
७ बैशाख २०८१, शुक्रबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशमा २ मा ३८ अर्ब साढे ७२ करोडको बजेट : बालिका शौचालयमा ५ करोड, किसानका लागि २० करोड

आर्थिक वर्ष २०७६/७७ का लागि प्रदेश २ को सरकारले आगामी ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

आइतबार प्रदेश २ को सदनमा अर्थमन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड बजेट बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कूल विनियोजनमध्ये चालू खर्च तर्फ १९ अर्ब २६ करोड १ लाख ९७ हजार, पुँजीगत तर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार र वित्तीय व्यवस्थातर्फ २० करोड बजेट छुट्याएको हो ।

त्यस्तै, जनतासँग कार्यक्रमका लागि १२ लाख, न्यायपूर्ण समाज निर्माणका लागि आवश्यक बजेट छुट्याइने, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता, कर्मचारीलाई एक महिनाको अतिरिक्त तलब लगायतका कुराहरु उल्लेख छ ।

यसैगरी, विद्यालयमा बालिका शौचालयका लागि ५ करोड, घुम्ती शौचालय सञ्चालन, मुख्यमन्त्री किसान आयोजनाका लागि २० करोड, मत्स्य विकास कोषका लागि १४ करोड, माटो परीक्षणका लागि बजेट, शीत भण्डारका ४० करोड, स्वच्छ खानेपानीका लागि विशेष योजनालगायतका शीर्षकहरु समेटिएका छन् ।

यस्तै, खेत–खेतमा पानी, हात हातमा कामका लागि प्रदेश सरकारले बजेट छुट्याएको हो । जैविक मल कारखानाका लागि पनि सरकारले बजेट छुट्याएको हो । प्रदेशलाई अँध्यारोमुक्त घोषणााका लागि दुई ठूला योजनाहरुको विकास गर्ने उल्लेख छ ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्