Logo
११ बैशाख २०८१, मंगलबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजस्थानकी सुमन राव ‘मिस इन्डिया २०१९’ घोषित

भारत स्थित राजस्थानकी सुमन राव ‘मिस इन्डिया २०१९’ घोषित भएकी छन् । शनिबार राती मुम्बईको सरदार वल्लभभाई पटेल इन्डोर स्टेडियममा आयोजित प्रतियोगितामा उनले अन्य प्रतियोगिलाई पछि पर्दै उपाधि हात पारेकी हुन् ।

भारतका हरेक साना तथा ठुला शहरका सुन्दरीहरुको स्पर्धा रहेको प्रतियोगितामा छतिसगढकी शिवानी जाधवले ‘मिस ग्रयाण्ड इन्डिया’ र बिहारकी श्रेया शंकरले ‘मिस इडिन्या युनाइटेड कन्टिनेट्स’ उपाधि हात पारे ।

प्रतियोगितामा अभिनेत्री कट्रिना कैफ, विक्की कौशल, नौनी राय लगायतका बलिउड हस्तीका नृत्य प्रस्तुति पनि रेहको थियो । फिल्म निर्माता करण जौहर र अभिनेता मनिष पोलले कार्यक्रमको होष्टमा रहेका थिए ।

कलेज अध्यायरत २० बर्षीया सुमनले थाइल्याण्डमा आयोजना हुने ‘मिस वल्र्ड २०१९’ मा भारतको प्रतिनिधित्व गर्नेछिन् ।

‘जव म कुनै बिषेश लक्ष्यका लागि सर्मपित हुन्छु । तव मेरो शरीरको नशा नशा आफ्नो जितका लागि सक्रिय रहन्छन्’ विजेता घोषित भएपछि सुमनले भनिन् ।

बलिउड कोरियोग्राफर रेमो डिसुजा, अभिनेत्री हुमा कुरैशी, चित्राङ्गदा सिंह, फेसन डिजाइनर फाल्गुनी शेन पीकाक र भारतीय फुटबलर सुनील क्षेत्रीको प्रतियोगितामा सहभागतिा थियो ।

 

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्