Logo
१२ बैशाख २०८१, बुधबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२८ वर्षको अल्पआयूमै मेडिकल अधिकृत डा.यादवको निधन

प्रदेश १ को झापा स्थित शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रकी मेडिकल अधिकृत डा.सुशिलाकुमारी यादवको २८ वर्षको उमेरमा शनिबार निधन भएको छ । निकै अल्पआयूमै संसार त्यागेकी डा. यादवको पार्थिव शरीरलाई आइतबार कनकाई नदी तटमा अन्त्येष्टी गरिएको छ ।

पछिल्लो ३ वर्षदेखि आन्द्रासम्बन्धी क्यानसरबाट पीडित उनको राती १० बजे बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा निधन भएको हो । अर्जुनधारा नगर कार्यपालिकाले शोक ब्यक्त गर्दै आइतबार नगरपालिकामा सार्वजनिक विदा दिएको छ ।

कार्यालयको बैठक पश्चात् जारी भएको पत्रमा डा. यादवको निधन प्रति शोक व्यक्त गर्दै नगरकार्यपालिका कार्यालय, कार्यालय अन्र्तगतका विषयगत शाखाहरु, वडा कार्यालयहरु, स्वास्थ्य चौकी अर्जुनधारा, सामुदायिक स्वास्थ्य इकाईहरु, शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्र र खुदुनावारी प्राथमिक स्वास्थ्य केन्द्रको कार्यालय आइतबार बन्द रहने उल्लेख छ ।

प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेको इमरजेन्सी सेवा र प्राथमिक स्वास्थ्य केन्द्र खुदुनावारीको बर्थिङ सेन्टर भने सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्