Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुठी विधेयकलाई सच्याएर अगाडी बढाइनेछ : प्रधानमन्त्री

साताव्यापी युरोप भ्रमण पूरा गरेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा भ्रमणवारे पत्रकार लाई जानकारी दिनुहुुदै । तस्बिर : प्रदीपराज वन्त, रासस

काठमाडौँ : धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने सरकारले विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भइरहेकैबेला प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकलाई सच्याएर अगाडी बढाउने बताएका छन् । उनले धर्म-संस्कृतिलाई मास्ने होइन की यसलाइए ब्यवस्थित बनाउन उक्त विधेयक आएको बताए ।

साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री ओलीले धर्म संस्कृतिमा असर परेको छ भने सरकारले सच्याउने बताएका हुन् । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर विधेयकमा परेको रहेछ भने सरकारले सच्याउँछ ।’

युरोपका स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्स लगायतको भ्रमण गरेर प्रधानमन्त्री ओली स्वदेश फर्केका हुन् । स्विटजरल्यान्डमा दुई दिन बिताएका ओली त्यतैबाट बेलायत गएका थिए । गत जेठ २५ गते त्यसतर्फ लागेका ओली कतार एयरवेजको विमानबाट काठमाडौं एयरपोर्टमा आइपुगेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न भेटघाट तथा कार्यक्रमहरुमा सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आफ्नो शतवार्षिकीका अवसरमा आयोजना गरेको विशेष समारोहमा ओली सहभागी भएका थिए ।

बेलायतमा ओलीले अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका थिए । राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी भएको सरकारी पक्षको दाबी छ ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्