Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिस इन्डिया २०१९’को मन्चमा कट्रिनाले मच्चाईन् धमाका

मुम्बई : ‘मिस इन्डिया २०१९’को मन्चमा अभिनेत्री कट्रीना कैफले प्रतियोगिताको स्टेजमा धमाकेदार नृत्य प्रस्तुति मार्फत सबैको मन जितेकी हुन् ।

नृत्यको दौरानमा स्टेजमा कट्रिना निकै हट देखिएकी छन् । अहिले कट्रीनाको नृत्य दौरानका केही तस्बिर सार्वजनिक भएका छन् । सार्वजनिक लगतै तस्बिर भाइरल समेत भएका छन् ।

केही पहिले प्रतियोगीताका लागि डान्स प्रक्टीक्स गर्दै गर्दाको उनको तस्बिर समेत बाहिर आएको थियो । सो समय उनको नृत्यका नयाँनयाँ मुब्स र लूक्स सार्वजनिक भएक थिए ।

प्रतियोगितामा नोरा फतेरी, मौनी राय, विक्की कौसल लगायतले समेत नृत्य प्रस्तुति दिएका थिए ।

‘मिस इन्डिया’ शनिबार राती मुम्बईको सरदार वल्लभभाई पटेल इन्डोर स्टेडियममा आयोजन भएको थियो । जसमा सुमन रावले शिर्ष उपाधि हात पारेकी थिइन् ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्