Logo
१३ बैशाख २०८१, बिहीबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि बजेट सार्वजनिक गर्दै छ ।

आज अपराह्न साढे ४ बजे आह्वान गरिएको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले बजेट प्रस्तुत गर्ने छन् । स्वरोजगारलाई पनि बजेटमा प्राथमिकता दिइने मन्त्री बोहराले दाबी गरेका छन  सरकारले चालू आर्थिक वर्षका लागि २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले २९ अर्ब हाराहारीको बजेट ल्याउन लागेको छ । बजेटमा कृषि, पूर्वाधार र पर्यटनलाई उच्च प्राथमिकता दिइएको मन्त्री बोहराले बताएका छन् । वैदेशिक आयात प्रतिस्थापन गर्ने खालका कार्यक्रम बजेटमा समावेश हुने उनको भनाइ छ ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्