Logo
७ बैशाख २०८१, शुक्रबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘गुठियारको मात्रै भावना हुन्छ, हामी गरिबको हुँदैन’ : सांसद चौधरी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीले आज बसेको प्रतिनिधिसभा बैठकमा हाल चुलिएको मुद्दाका बारेमा छलफल गरेकी छिन् ।

उनले गुठीले मोही–किसानको पक्षमा आवाज उठाएको दाबी गरेकी छिन् । बैठकमा बोल्दै उनी सोध्छिन् , “हातमा ठेला उठाएर, काँध खुइल्याएर कूत बुझाउने मोही-किसानको नाममा बोल्ने कि नबोल्ने ? मन्दिरका नाममा बोलिन्छ, मूर्तिको नाममा बोलिन्छ, गुठियारहरूको नाममा बोलिन्छ, गरिब-किसानको नाममा बोल्ने कि नबोल्ने ?”

उनले अझ थप्छिन्, “चर्को गरी बोलेका कुरा मात्रै भावनात्मक हुन्छन् ? भोकभोकै हलो जोत्नेहरूको कुनै भावना हुँदैन ? निश्चित वर्गको हितमा मात्रै बोलिन्छ, उनीहरूका लागि बोल्नै नहुने ? उनीहरूका लागि कुनै व्यवस्था गर्नै नहुने भन्ने छ ? गरिबका लागि नबोल्ने गणतन्त्र हुन्छ ? मान्छे रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ ?” उनले प्रश्न गरिन् ।

गुठी विधेयक प्रतिपक्षीको आनदोलन आश्चर्यजनक रहेको भन्दै कांग्रेस सरकारमा हुँदा गुठी सम्बन्धी ऐन संशोधन गरेको र २०५८ सालमा विधेयक नै ल्याएको उनले बताइन् । तर, प्रतिनिधिसभा भंग भएकाले पास हुन नपाएको उनको भनाइ थियो । उनले दाङमा स्वर्गद्वारी गुठीको १२ सय बिगाहा जमिन १६ सय परिवारले जोतभोग गर्दै आएको र कूत बुझाउने मोहीको हालत अहिले पनि दयनीय रहेको बताइन् ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्