Logo
७ बैशाख २०८१, शुक्रबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमै पहिलो पटक न्युरोडमा सुरु भयो स्मार्ट पार्किङ सेवा

काठमाडौ : काठमाडौं महानगरपालिकाले आज आइतबारदेखि न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ् सेवा सुरु गरेको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्मार्ट पार्किङ सेवा उद्घाटन गर्दै स्थानीयले सडक अव्यवस्थित र पार्किङ व्यवस्थित गर्न आग्रह गरेपछि स्मार्ट पार्किङको सुरू गरेको बताए ।

विशाल बजार अगाडि र धर्मपथबाट श:शुल्क स्मार्ट पार्किङ सञ्चालन गरेको छ । न्युरोड जानु अघि उपभोक्ताले मोवाइलबाटै सही समयमा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन् । ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिनमा हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सकिनेछ । सो क्षेत्रको व्यवस्थापनका लागि ४८ वटा सीसी क्यामरा जडान गरिएको छ ।

प्रमुख शाक्यले यसलाई अस्थायी रुपमा पाइलट प्रोजेक्टका रुपमा सुरू गरिएको भएपनि यसलाई अझ विस्तारित रुपमा अगाडि बढाउने जानकारी दिए । नेपालमा नै यो पहिलोपटक यस्तो प्रोजेक्ट सुरु गरिएकाले यसलाई परिस्कृत गर्दै लगिने उनको भनाइ छ ।
सडकमा पार्किङ गर्ने प्रवृत्ति महानगरपालिकाको समस्याको रुपमा रहेको उल्लेख गर्दै उनले यो सेवाबाट सडकमा पार्किङ गर्ने निरूत्साहित हुने विश्वास व्यक्त गरे ।

प्रमुखले भने,’ जथाभावी पार्किङ गर्ने अनि अव्यवस्थित भयो भनेर गुनासो गर्न सेवाग्राही आउँछन । उनले भने, ‘पाइलट प्रोजेक्टका रुपमा हामीले स्मार्ट पार्किङ सेवा सुरु गरेका छौं । यसले १०० जनालाई रोजगारी दिनेछ ।’ उनका अनुसार महानगरपालिकाले सवारी व्यवस्थापनका लागि एकपछि अर्को प्रयत्न गरिरहेको छ ।

केही समय अघि पिकअप एण्ड ड्रपको शुरुमा विरोध भए पनि अहिले कलंकी र कोटेश्वरमा पनि यसको माग भइरहेको उनको भनाइ छ ।
स्मार्ट पार्किङलाई पनि विस्तारै पिक एण्ड ड्रप जस्तै अन्य क्षेत्रमा विस्तार गरिने उनले जानकारी दिए । स्मार्ट पार्किङस्थलको शुल्क दुईथरि निर्धारण गरिएको छ ।

महानगरपालिकाका अनुसार, दुई पांग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ र चारपाङ्ग्रेका लागि ८० तोकिएको छ । ह्वील ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, विशालबजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्