Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुत्ने समयमा यी ५ चीज सिरानीमुनि राख्नुहोस् मिल्नेछ सुख र शान्ति

काठमाडौँ :  हामी सबै राति सुत्छौँ । रातको मीठो निन्द्राले हामीलाई बिहान तरोताजा महसुस गराउँछ । अल्छी लाग्दैन ।

तर के तपाईलाई थाहा छ, शास्त्रले भन्छ सुख, शान्ति र ऐश्वर्य प्राप्तिका लागि रातिको निद्रासँग गहिरो सम्बन्ध रहने बताउँछ । राति राम्रो निद्रा पर्यो भने दिनभरी मूड फ्रेश हुन्छ, काममा मन लाग्छ र शरीर आलश्य बन्दैन ।

तसर्थ दिनभर फ्रेश रहन रातको थकान मेट्न अत्यन्तै आवश्यक रहेको हुन्छ र त्यसका लागि राति निद्रा अर्थात रातभरीको विश्रामले मात्र सम्भव छ । अन्तत: रातमा सुत्दा जहिल्यै पनि सिरानीमुनि यी ५ चीज राख्नु शास्त्रले पनि बताउँछ र ती चीज यसप्रकार रहेका छन् :

१.  हनुमान चालिसा :
हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुहोस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ साथै मनमा डर, त्रास र अहंकार हट्छ अनि सपनासमेत राम्रो देखिन्छ ।
जय हनुमान ज्ञान गुन सागर।
जय कपीस तिहुँ लोक उजागर।।
रामदूत अतुलित बल धामा।
अंजनिपुत्र पवनसुत नामा ।।

२.  फलामको उपकरण :
राति भूत- प्रत, ऐठनले सताउँछ भने सुत्नेबेला सिरानीमुनि फलामको हुनै चीज राखेर सुत्नुपर्छ । यसो गर्दा तपाईलाई नकारकत्मक कुरा अथवा सपनाले सताउँदैन । साथै यसले नकारात्मक उर्जा आयनबाट पनि रोक्छ ।

बालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण रहेको पाइन्छ । बालबालिका सुत्ने खाटको सिरानमुनि फलामबाट बनेका चिजहरु राखेपनि धार भएका वस्तुहरु राख्नु हुँदैन ।

३.  भगवानलाई चढाएको फूल :
सुत्ने समयमा आफ्नो सिरानीमुनि भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुन्छ । यसो गर्दा निद्रा पनि छिटो लाग्छ र विहान उठ्दा शरीरमाा पुनर्ताजगीको आभाष पनि हुन्छ भन्ने शास्त्रमा बताइएको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

४.  दुर्गा सप्तसती पाठ :
दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्नु पनि लाभकारी मानिएको शास्त्रमा उल्लेख छ । यसले भयबाट मुक्ति मिल्नुका साथै दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने विश्वास गरिन्छ ।

५.  मुला :
हाम्रो नेपाली समाजमा मुलालाई पवित्र फको रुपमा लिइने गरिन्छ । यसलाई सिरानीमुनि राखेर सुत्ने र बिहानसवेरै उठेर शिवलिङ्गमा चढाउँदा शुभ फल मिल्ने जनविश्वास छ । अझ शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्