Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी

नवलपुर : नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी गरेको छ । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले महासंघमा सदस्य शुद्धीकरण, नयाँ सदस्यता वितरण र नयाँ सदस्यता शुल्कलगायतको विषयलाई लिएर तालाबन्दी गरेको हो ।

क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका अध्यक्ष लोकनाथ पंगेनीले महासंघ नवलपुरले सदस्यता शुद्धीकरण नगरी नयाँ सदस्यताको नाममा गैरपत्रकारहरुलाई भर्ती गर्ने र श्रमजीवी पत्रकारहरुलाई महासंघको सदस्य लिनबाट बञ्चित हुने गरी कार्य गरेको भन्दै तालाबन्दी गरिएको दाबी गरे। अध्यक्ष पंगेनी, सचिव शोभा जिसी, सहसचिव भीम रानासहितको टोलीले महासंघको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दीसँगै जारी प्रेस विज्ञप्तिमा नेपाल पत्रकार महासंघ नवलपुरमा रहेको नेतृत्वले महासंघलाई पत्रकारहरुको छाता संगठनको रुपमा विकास गर्नुभन्दा पनि दलको भ्रातृसंगठनको रुपमा विकास गर्दै लगेको आरोप लगाएको छ ।

क्रान्तिकारी पत्रकारले पत्रकारसँग सम्बन्धित पेशागत संगठनहरु सम्मिलित प्रतिनिधिहरुको सहभागिता हुने गरी विशेष समिति बनाएर समाधान खोज्न माग गरेको छ ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्