Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै, गुगल सर्चको शीर्ष स्थानमा म्यानचेस्टरको मौसम

आज म्यानचेस्टर सहरको ओल्ड ट्राफोर्ड ग्राउन्डमा भारत र पाकिस्तानबीच खेल हुने बताइएको छ । तर, खेललाई वर्षाले प्रभावित बनाउने चिन्ता पनि उत्तिक्कै रहेको छ । मौसम पूर्वानुमान विभागका अनुसार म्यानचेस्टरमा आज दिनभरी वर्षा हुने सम्भावना ६३ प्रतिशत रहेको छ ।

यसअघि पनि यही विश्वकपमा ३ वटा खेल वर्षाका कारणले रद्द भइसकेको छ । मौसम पूर्वानुमान सम्बन्धी वेबसाइट ‘एक्युवेदर’का अनुसार म्यानचेस्टरमा आइतबार हल्का वर्षा हुने सम्भावना अत्याधिक छ ।

भारत-पाकिस्तानमा गुगल सर्चको शीर्ष स्थानमा म्यानचेस्टरको मौसम

आज हुने खेलको म्यानचेस्टरको मौसमबारे गुगलमा जानकारी लिने भारतीयको ठूलो संख्या रहेका थिए । त्यतिमात्र नभएर पाकिस्तानमा पनि म्यानचेस्टरको आजको मौसमको पूर्वानुमान सर्च अत्यधिक मानिसले गरिरहेका छन् ।

यसअघि पनि जून १३ मा वर्षाका कारण भारत पाकिस्तानको म्याच रद्द भएको थियो । त्यही भएर पनि फ्यान्सहरु वर्षाले खेल फेरि प्रभावित पार्ला भन्ने ठूलो डर रहेको छ ।

भारत र पाकिस्तानका इन्टरनेट प्रयोगकर्ताले गुगलमा सर्च गरेका शीर्षकहरु निम्न दिएका छन् । शीर्ष दश शीर्षकमा लगभग सबैलेै भारत र पाकिसतानबीचको खेल र खेल हुने म्यानचेस्टरको मौसम पूर्वानुमानसम्बन्धि जिज्ञासा राखेका छन् ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्