Logo
१३ बैशाख २०८१, बिहीबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७ दिने युरोप भ्रमण सकाएर प्रधानमन्त्री आज स्वदेश फर्किँदै

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ७ दिने युरोप भ्रमण पूरा गरी आज आइतबार बिहान स्वदेश फर्कंदै छन् । जेठ २५ गते विदेश भ्रमणका लागि हिँडेका ओली स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गरी आज स्वदेश फर्कने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनका अनुसार हिजो साँझ ५ बजे स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेशका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली आज बिहान १० बजेर २५ मिनेटमा काठमाडौँ आइपुग्ने छन् ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भई दुई दिन त्यहाँ बसेर बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्न गएका थिए ।

यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए । त्यसैगरी फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता पनि गरेका थिए ।

प्रधानमन्त्रीसँगको भ्रमण कार्यक्रममा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत रहेका छन् ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्