Logo
८ बैशाख २०८१, शनिबार
(June 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा गुठी विधेयक विरुद्ध राजधानीमा प्रदर्शन

काठमाडौं : गुठी विधेयक विरुद्ध ज्यापू महागुठी नेवा: केन्द्रीय समितिको आव्हानमा शनिबार बिहान राजधानीको बसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन भएको छ ।

ज्यापू महागुठी अन्र्तगतका विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरि गुठी विधेयक ल्याईएको भन्दै विरोध प्रदर्शन गरेका ह्न् ।

प्रदर्शनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर, सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अव जाग्दैछ, आफ्नो अधिकार खोज्दैछ लगायतका नारा लगाएका थिए ।

ज्यापू महागुठी अन्तर्गतका गुठीहरुहरुको संलग्नतामा निकालिएको विरोध र्यालीले न्यूरोड, जैसीदेवल लगायतका स्थान हुदै बसन्तपुरदरबार क्षेत्र पुगी कोणसभामा परिणत भएको थियो ।

सरकारले मुलुकभरका गुठीहरुको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्था सहितको गुठी विधेयक ल्याएपछि त्यसले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै मुलुकभरका गुठीहरु विरोधमा उत्रिएका हुन् ।

गुठी विधेयकको विरोधमा राजधानी लगायत मुलुकका विभिन्न स्थानमा दैनिकजसो विरोध प्रर्दशन हुदै आएको छ भने संघीय संसदमा पनि सांसदहरुले विधेयकको विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति: Jun 15, 2019

प्रतिक्रिया दिनुहोस्