Logo
१३ बैशाख २०८१, बिहीबार
(June 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुमाउन लैजाने वाहनामा गोदावरी लगेर काकाले गरे भतिजिमाथि अश्लिल हर्कत

हाम्रो नेपाली समाज पछिल्लो समय छाडा बन्दै गैरहेको प्रष्ट देख्न सकिन्छ । पराई सँग जोगिन पर्ने अवस्थामा आज भोलि आफ्नै-आफन्तहरुसँग जोगिन पर्ने अवस्था आएको छ ।

स्कुलको संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नाताले सानुबुबा पर्ने गोदावरीका ३२ वर्षीय किशोर खत्री केसी रहेका छन् ।

जेठ २५ गते शनिबारको दिन पनि स्कुलबाट (नाम परिवर्तन) एलाई लिई किशोरले आफूले काम गर्ने गरेको यू हिमालयन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा लगेर मिठाई लगायतका चिजवस्तु खान दिएर अश्लिल गतिविधि गरेका थिए ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर खत्री केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटाका प्रमुख डीएसपी गौतम मिश्रले पुष्टि गरे । बालिका एलाई गोदावरी नगरपालिका-३ मा रहेको चन्तल मौदी एकेडेमी स्कुलबाट समय-समयमा किशोर खत्रीले घुमाउन भन्दै लैजाँदै जबरजस्ती करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी मिश्रको भनाई छ ।प्रहरीसमक्ष किशोरले आफूले उल्लेखित कार्य गर्दै आइरहेको स्वीकारेको डीएसपी मिश्रले बताए ।

किशोरले बालिका (ए)लाई सधैँ बोलाएर कता लिएर जान्छन् भन्ने चासो बढेपछि स्कुलका प्राधानाध्यापक सन्दीप नेपालीले किशोर खत्रीलाई पछ्याउँदै जाँदा गोदावरीस्थित होटलमा लगेको भेटेका हुन् । होटलमा लगेको थाहा पाएपछि प्रअ नेपालीले बालिकालाई किशोरले तिमीलाई के–के गर्छ भनेर फकाएर सोधेपछि घटना बाहिर आएको हो । किशोरले बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गर्दै आएको पाइएको छ ।

सोही आरोपमा सोही दिन स्कुलका प्राधनाध्यापक नेपालीले तत्काल उजुरी हाली लुकिछिपी बस्दै आएका किशोर खत्रीलाई गोदावरी नगरपालिका-३ किटीनी भन्ने स्थानबाट प्रहरीले पक्राउ गरेको हो । २०७५ सालको दशैंमा मामाघर जाँदा र २०७५ सालको चैतमा किशोरले बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको पाइएको छ ।

पक्राउ परेका किशोरमाथि जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याथ थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 15, 2019

प्रतिक्रिया दिनुहोस्