Logo
७ बैशाख २०८१, शुक्रबार
(June 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 इन्सेफलाइटीसका कारण भारतमा ४७ बालबालिकाको मृत्यु भएको खुलासा

एजेन्सी : विहारमा पछिल्लो ३ हप्तामा झण्डै ५० बालबालिकाको मृत्यु भएको छ । मृत्युमा लिच्चीमा हुने विषाक्त पदार्थले भूमिका खेलेको देखिएको छ ।

विहारको स्वास्थ अधिकारीले विहिबार यसबारे तथ्याङ्क दिने क्रममा कडा खालको इन्सेफलाइटीसको कारण ४७ बालबालिकाको मृत्यु भएको बतायो । जनवरी यता मुज्जफरपुरका दुई ठूला अस्पतालमा त्यस रोगका १७९ विरामी भर्ना भएका अस्पतालले बताएको छ । तर बालबालिकाको मृत्यु हुन थालेको भने अघिल्लो हप्ताबाट मात्र हो ।

‘यो वर्ष रोगीको संख्यामा केही वृद्धि भएको छ । यो पटक निक्कै कडा खालको तातो हावा बहेको थियो । फेरि त्यो पहिलेभन्दा लामो समय पनि रह्यो,’ राज्यका वरिष्ठ स्वास्थ अधिकारी सञ्जय कुमारले भने । रगतमा सुगरको मात्रामा एक्कासी कमी हुदाँ बालबालिकाको मृत्यु भएको राज्यका स्वास्थ विभागले बताएको छ । तिनका अनुसार त्यसमा लिच्चीले पनि भूमिका खेल्यो ।

‘अन्तर्रा्ष्ट्रिय विज्ञले हामीलाई बताए अनुसार लिच्चीमा केही यस्ता विषाक्त पदार्थ हुन्छन् जो बालबालिकाको कलेजमा जम्मा हुन्छ । त्यसको स्वभाव अनुसार गर्मी बढ्दा ति बाहिर आउन खोज्छन् ,’ कुमारले भने । सन् २०१४ मा देखिएको इन्सेफ्यालोप्याथीको प्रकोपका लागि लिच्चीको सेवन पनि एउटा तत्व भएको ल्यान्सेट ग्लोबल हेल्थ मेडिकल जर्नलमा प्रकाशित समाचार उल्लेख छ । इन्सेफ्यालोप्याथी दिमागी विमारी वा चोट हो र यो इन्सेफलाइटीसबाट लाग्छ ।

अध्ययनले बालबालिका गुमाएका केही अभिभाविकको कुरा पनि उल्लेख गरेको छ । तीमध्ये धेरैले तिनका बालबालिकाहरु कयैन पटकसम्म दिनभरी जसो लिच्ची खाएर साँझ फर्कने गरेको र खाना नखाई सुत्ने गरेको बताएका थिए । लिच्ची खाएर बेलुकाको खाना नखाई सुत्ने बालबालिकामा हाइपोग्लाईकेमिया हुने सम्भावना दुई गुणा देखिएको थियो ।

ल्यान्सेटको अध्ययन अनुसार बालबालिकाको रगतमा सुगरको मात्रा एक्कासी गिरावट हुँदा, कलेजोले फ्याटी एसिडलाई उपयोग गरेर शरीरको लागि आवश्यक ग्लुकोज बनाउन थाल्छ । यसले झनै रगतमा सुगरको मात्रा कमी ल्याउँछ र दिमाग सुन्निन थाल्छ ।

विरामी बालबालिकामध्ये दुई-तिहाई पिसावको नमूनाको अध्ययनले तिनले लिच्ची खाएको देखाएको थियो । सञ्जय कुमारले प्रभावित बालबालिका गरिब परिवार भएको र तिनको घरमा चिनीको उपभोग कम हुने भएकाले बालबालिकामा कुपोषण देखिएको बताए ।

सरकारले उक्त क्षेत्रमा अभिभावकलाई आफ्ना बालबालिकाको खानपिनमा ध्यान दिन जनचेतना फैलाइरहेको छ । त्यस अन्तर्गत बालबालिकालाई प्रशस्त पानी पिउन लगाउने र खाली पेट सुत्न नदिने प्रमुख सुझाव दिइएका छन् ।

प्रकाशित मिति: Jun 15, 2019

प्रतिक्रिया दिनुहोस्