Logo
१५ चैत्र २०८०, बिहीबार
(June 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा भएको बम विस्फोटमा परी घाईते भएका श्रेष्ठको मृत्यु

काठमाडौं : यही जेठ १२ गते काठमाडौंमा भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा परी घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका रामेछाप मन्थली नगरपालिका ४ का रामकुमार श्रेष्ठको उपचारको क्रममा ओम अस्पतालमा मृत्यु भएको हो ।

श्रेष्ठसँगै श्रृङ्खलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । यसअघि विस्फोटमा परी घटनास्थलमै २ जना र उपचारका क्रममा अन्य २ जनाको पनि मृत्यु भएको थियो ।

उक्त घटनामा घाइते अन्य दुईजना सुरेन्द्र महर्जन र हरि खड्काको अहिले पनि सोही हस्पिटलमै उपचार भइरहेको छ ।

प्रकाशित मिति: Jun 15, 2019

प्रतिक्रिया दिनुहोस्