Logo
१३ बैशाख २०८१, बिहीबार
(June 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी विद्रोहीद्वारा प्रहरी सवार गाडीमा आक्रमण, ५ प्रहरीको घटनास्थलमै मृत्यु

बीबीसी : शुक्रबार भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामासाँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गरेका छन् ।

झारखण्डका कुकडूमा लाग्ने साप्ताहिक हाट बजारबाट फर्किरहेको प्रहरी आक्रमणमा परेका हुन् । आक्रमणबाट पाँच प्रहरीको मृत्यु भएको छ । मर्नेमा दुई असई र तीन कन्स्टेबल छन् ।

प्रहरीका अनुसार घटना पश्चिम बंगालसँग जोडिएको तिरुलडी थाना क्षेत्रमा भएको हो । सवारी बाटोमा पहिलेदेखि ढुकेर बसेका माओवादी छापामारको आक्रमणमा परेको थियो ।

झारखण्ड प्रहरी प्रवक्ता र एडीजीएमएल मीणाले घटनाको पुष्टि गरेका छन् । आक्रमणमा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भयो । आक्रमण पछिल्लो एक महिनामा माओवादीहरुको चौथो आक्रमण हो ।

प्रकाशित मिति: Jun 15, 2019

प्रतिक्रिया दिनुहोस्