Logo
८ बैशाख २०८१, शनिबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवाको तयारीमा रहेका यूवाको भविष्यमाथि खेलवाड गरिए परिस्थिति भयावह हुने समितिको चेतावनी

काठमाडौँ : लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिका संयोजक मंगल थापाले राजनीतिक स्वार्थका लागि लोक सेवा तयारीका विद्यार्थीहरुको भविष्य बर्बाद पार्ने चलखेल भएको बताएका छन् ।

शुक्रबार राजधानीमा लोकसेवा तयारी विद्यार्थी संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

आयोगको स्थानीय निकायमा कर्मचारी भर्नाका लागि प्रकाशित विज्ञापन रोकिए १० लाख युवा डिप्रेशनको शिकार हुने भन्दै त्यसबाट उत्पन्न परिस्थिति भयावह हुने चेतावनी समितिले दिइएको हो ।

देशभरबाट आन्दोलन शुरु गरिने तयारी भइसकेकाले तत्काल विज्ञापन रोक्ने निर्देशन फिर्ता लिन समितिका संयोजक थापाले आग्रह समेत गरको छन् । उनले भने, ‘देशमा सधै युवाको भविष्यमाथि खेलवाड गरियो, अब असह्य भयो ।’

योग्यता र क्षमतालाई पन्छाएर चाटुकारहरुलाई भनाई गर्ने नियतका साथ विज्ञापन रोक्न खोजिएकाले आम युवा विद्यार्थीहरु सडक संघर्षमा ओर्लनसक्ने अवस्था आउन लागेको उनले बताए ।

समितिका सहसंयोजक विजय लुइँटेलले करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा रोकिएको लोकसेवाको विज्ञापनले देशमा दुरगामी असर पार्न सक्ने चेतावनी दिए । उनले भने,‘यस्ता कदम युवाविरोधी हुन् ।’

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्