Logo
४ बैशाख २०८१, मंगलबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्ना पाँच सन्तानको हत्या गर्ने बुवालाई दिईयो मृत्युदण्ड

साउथ क्यारोलिनास्थित लेक्जिङ्टनमा अगस्ट सन् २०१४ मा बत्तीको तार बिगारेका कारण ३७ वर्षे तिमोथी जोन्सले आफ्नो ६ वर्षे छोरालाई यस्तो व्यायाम गर्न निर्देशन दिए कि उनको मृत्यु नै भयो । उनले छोरालाई सजाय स्वरुप उक्त व्यायाम गर्न लगाएका थिए ।

६ वर्षे छोराको मृत्यु भएको थुप्रै घण्टापछि उनले एक देखि आठ वर्षसम्मका आफ्ना चार सन्तानको घाँटी थिची हत्या गरे । ती बुवाले आफूले पागलपनका कारण त्यस्तो गरेकाले यसमा आफ्नो कुनै दोष नभएको बताउँदै आएका थिए । तर गत हप्ता उनलाई दोषी ठहर गरियो ।

उनलाई दोषी ठहर गर्ने न्यायाधीसले उनलाई जून १३ (जेठ ३०) मा मृत्युदण्ड दिनुपर्ने निर्णय गर्यो । उनी अघि दक्षिण क्यारोलिनामा सन् २०११ देखि कसैलाई पनि मृत्युदण्ड दिइएको थिएन ।

जोन्सलाई सन् २०१४ को सेप्टेम्बरमा मिसिसिप्पी चेकपोइन्टमा पक्राउ गरिएको हो । उनले आफ्नो सन्तानको शवलाई फोहोर राख्ने प्लास्टिक ब्यागले बेरेका थिए । जोन्सले पुलिसलाई उनका ६ वर्षे माइलो छोरा न्याहतानको दुर्घटनावश मृत्यु भएको जानकारी दिए । छोराले बिजुलीका तार बिगारेका कारण सन् २०१४ को अगस्ट २८ मा जोन्सले उनलाई स्क्वाट्स र पुसअप्स गर्न अह्राएको बताए ।

त्यसपछि आफूले चार सन्तान – मेराह,८, इलिएस,७, ग्याब्रिएल,२, र एक वर्षे अबिगेल एलेनको घाँटी थिची हत्या गरेको रुँदै जानकारी दिए । जोन्सका वकिलका अनुसार उनको बाल्यकाल हिंसायुक्त वातावरणमा बितेको र उनले सिजोफ्रेनिया (मानसिक रोग) बाट ग्रसित आमाको माया कहिल्यै पाएनन् । यसका साथै ती वकिलले उनको एक कार दुर्घटनामा टाउकोको हड्डी भाँच्चिएको र दिमागमा चोट लागेको पनि बताए ।

अदालतद्वारा नियुक्त मनोचिकित्सक डा. रिचर्ड फ्रेयरसनका अनुसार अनुसन्धानको क्रममा जोन्सलाई एउटा कडा आवाजले अन्य चार सन्तानको पनि हत्या गर्न अह्राएको बताए । माइलो छोराको मृत्युपछि आफू जेल जानुपर्ने भएका कारण सबैको एकैपटक हत्या गर्नु ठिक भएको जोन्सले सोचे । फ्रेयरसन भने, ‘उनले यसबारे निर्णय गरे र सबैको हत्या गरे । उनलाई लाग्यो कि यस्तो गर्नु नै ठिक हो ।’

‘उनको रोगी दिमागले उनको सन्तान स्वर्गमा नै सुरक्षित हुने सोच्यो,’ मनोचिकित्सकले भने, ‘कसैलाई घृणाका कारण मार्नु हत्या हो । मायामा सन्तानको हत्या गर्नु पागलपन हो ।’

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्