Logo
१३ बैशाख २०८१, बिहीबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पप्पु कन्स्ट्रक्सनलाई कारबाहीको सिफारिस, तीनकुने पुल निर्माणमा लापरवाही गरेको ठहर

काठमाण्डौं : लामो समय देखि निर्माणाधीन अवस्थामा रहेको तीनकुने पुल निर्माणमा पप्पु कन्स्ट्रक्सनले लापरबाही गरेको संसदीय समितिले ठहर गरेको छ । लापरबाहीकै कारण प्रतिनीधि सभाको विकास समितिले पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सिफारिस गरेको छ ।

तीनकुने पुल निर्माणका लागि पप्पुले २०७१ सालमा नै ठेक्का लिएपनि निर्धा्रित समयमा काम गर्न नसकेको हो । विकास समितिको टोलीले स्थलगत अध्ययन गरेर पप्पुको बदमासी पत्ता लगाएको हो । सो पुल निर्माणका लागि पप्पुले २१ करोड ३३ हजारमा ठेक्का लिएको थियो । अरनिको राजमार्गको तीनकुनेस्थित बाग्मती नदी (कोटेश्वरतर्फ जाँदा) को बायाँतर्फ निर्र्माण भइरहेको पुलको लम्बाई ८६ मि. र चौडाई १७.२० मि. रहेको छ । कूल २९.५ मिटर गहिरो (लम्बाई)का १६ वटा १ हजार २०० का पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको थियो ।

तर निर्माण व्यवसायीले एउटा पाइल्स १६.५ मिटरको मात्र निर्माण गरेको र २ वटा पाइल्स भाँच्चिएको पाइएको छ । प्राविधिक परीक्षणबाट देखिएको आयोजना सम्बद्ध कर्मचारीले जानकारी दिएका थिए । तीनकुनेको पुल २०७४ असार ५ गतेसम्म सक्ने गरी काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र पप्पु कन्स्ट्रक्सन विच सम्झौता भएको थियो । हालसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने पुल निर्माण नै रोकेर विवादमा तानिएको विकास समितिको प्रतिवेदनमा उल्लेख छ ।

समितिको यहि वैशाख १९ गतेको निर्णय अनुसार सभापति कल्याणी खड्काको नेतृत्वमा जेठ २ गते सो पुलको अवलोक भएको थियो । सो पुलमा देखिएको समस्या समाधानको लागि सडक विस्तार आयोजनाले तत्काल इन्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरि परिमार्जित डिजाइन प्राप्त गरी सोही अनुसार निर्माणको काम अगाडी बढाउने व्यवस्था मिलाउन समितिले सुझाव दिएको छ ।

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्