Logo
८ बैशाख २०८१, शनिबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खाली पेटमा लिचीको सेवनका कारण गयो ५४ बालबालिकाको ज्यान

पटना :  भारतको प्रसिद्ध शहर पटनाको मुजफ्फरपुरमा हरेक वर्ष गर्मीको मौसममा बालबालिकाहरुमा तेज ज्वरो देखिएको छ । प्रचण्ड गर्मीका कारण थुप्रै बालबालिका समयसमयमा अस्वस्थ रहेको जानकारी पाइन्छ । यसै सम्बन्धमा चिकित्सकले एक्यूट इन्सफ्लाइटिस सिन्ड्रोम (एईएस) नामक उक्त रोगका कारण अहिलेसम्म ५४ जना बालबालिकाको मृत्यु भइसकेको जानकारी गराएका छन् ।

मुजफ्फरपुर जिल्लाको श्रीकृष्णा मेडिकल कलेजमा मात्रै ४६ जना बालबालिकाको मृत्यु भएको छ । यस्तै केजरीवाल मातृ सदनमा ८ बालबालिकाको मृत्यु भइसकेको छ । यो तथ्याङ्क बिहीबार साँझसम्मको हो । यस वर्षको जनवरी महिनादेखि १ जना ७९ बालबालिका यो रोगका कारण अस्पताल भर्ना थिए ।

अर्को रोचक तथ्य के छ भने बिहारमा भएको ५४ जना बालबालिकाको मृत्यु हुनुको पछाडि लिची बनेको छ । वास्तविक कुरा के हो भन्दा मृत्यु भएका सबै बालबालिका लिची खाएपछि बिरामी भएका थिए । चिकित्सकका अनुसार खाली पेटमा लिची खानु आफैंमा हानिकारक हुन्छ । बालबालिकाको लागि यो झन खतरानाक हुने चिकित्सकहरुको भनाइ छ ।

त्यसमाथि पनि मुजफ्फरपुरमा पाइने लिची हानिकारक रहेको मानिन्छ यसमा मिथाइल साइक्लोप्रोपाइल-ग्लाइसिन (MCPG), नामक एक रसायन पनि पाइने हुनाले बालबालिकामा घातक असर परेको पाइएको छ । धेरै लामो समयसम्म भोकै बस्दा शरीरमा सुगर लेबल कम भएसँगै लिचीमा पाइने रसायनले मस्तिष्कमा असर गर्ने गर्दछ ।

यद्यपि यस विषयमा थप अनुसन्धान गर्न र बालबालिकाहरुको मृत्युको कारणबारे छानबिन गर्न केन्द्र सरकारले विशेषज्ञ चिकित्सकको ७ सदस्यीय टोली मुजफ्फपुरमा पठाएको छ । बिहार सरकारले स्थानीय जनतालाई सचेत गर्दै आफ्ना बालबालिकालाई लिची नखुवाउन अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्