Logo
१३ बैशाख २०८१, बिहीबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आक्रमण विरुद्ध सबै सेवा ठप्प पारेर डाक्टरहरु आन्दोलनमा : एम्स अस्पतालमा समेत हड्ताल

नेपालमा जस्तै भारतमा पनि डाक्टरहरुको आन्दोलन सुरु भएको छ । ममता बेनर्जी मुख्यमन्त्री रहेकी भारतको पश्चिम बंगालको राजधानी कोलकाताबाट सुरु भएको आन्दोलन अहिले भने दिल्ली पुगेको हो । दिल्लीका सबै सरकारी डाक्टर तथा आवसीय डाक्टरहरुले कोलकातामा डाक्टरमाथि भएको आक्रमण विरुद्ध आन्दोलन सुरु गरेका छन् ।

केन्द्रिय सत्तासिन भारतीय जनता पार्टी (भाजपा) ले घटनामा राज्यको सत्तामा रहेको तृणमुल कांग्रेसका कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएको छ । तर मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी प्रमुख बेनर्जीले भाजपाले सांप्रदायिक हिंसा फैलाउन चाहेको बताएकी छन् ।
बिहीबार दिल्लीका डाक्टरले कोलकाता घटनाको विरोधमा मौन प्रदर्शन गरेका थिए ।

तर शुक्रबार उनीहरु सडकमा आएका हुन् । डाक्टरले स्वास्थ्य मन्त्रीलाई भेटेर विभिन्न मागसहितको ज्ञापन पत्र पनि बुझाएका छन् । आन्दोलनरत डाक्टरहरुलेले आकश्मिक बाहेकका सबै सेवा ठप्प पारेर प्रदर्शन गरेका छन् । डाक्टरको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । दिल्ली स्थित अखिल भारतीय आयुर्वेद विज्ञान संस्थान (एम्स) सहितका सरकारी अस्पतालका डाक्टर आन्दोलित भएका हुन् ।

पश्चिम बंगालमा भने तीन दिनदेखि स्वास्थ्य सेवा प्रभावित भएका छन् । बिहीबार मुख्यमन्त्री बेनर्जीले कोलकाता स्थित राज्यको सबै भन्दा ठूलो सरकारी अस्पताल एसएसकेएम मेडिकल कलेजको निरीक्षण भ्रमण गरिन् । उनले आन्दोलनरत डाक्टरलाई तत्काल हड्ताल फिर्ता लिन अल्टिमेटम दिएकी थिइन् ।

उनले बिहीबार दिउँसो दुई बजेसम्मको अल्टिमेटम दिएको भए पनि आन्दोलन थप चर्किएको हो । गएको सोमबार कोलकाताको सरकारी अस्पताल एनआरएस मेडिकल कलेजमा ७५ वर्षका मोहम्मद सईदको हृदयघातका कारण निधन भएको थियो ।

त्यसपछि उनका परिवारका सदस्य तथा छिमेकीले दुई आवसीय डाक्टरमाथि कुटपिट गरेका थिए । घटनामा संलग्नलाई पक्राउ गर्नु पर्ने र कानून अनुसार कारवाही गर्नु पर्ने मागसहित डाक्टरले आन्दोलन सुरु गरे । अहिले यसले राजनीतिक रुप लिएको छ ।

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्